महिला क्रिकेट विकासका लागि क्रिकेट किट र जर्सी वितरण
पर्वत | कात्तिक ७, २०७९
 
                                
                            पर्वत : महिला क्रिकेट विकासका निमित्त जिल्ला क्रिकेट संघ पर्वतले खेलाडीहरुलाई आवश्यक क्रिकेट समान र जर्सी वितरण गरेको छ।
पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ५ पोखरे स्थित सरस्वती माध्यमिक विद्यालयका १४ छात्रा खेलाडीलाई एक कार्यक्रममा विच खेलाडीलाई आवश्यक साम्रगी वितरण गरिएको हो।

जिल्लामा पुरुष खेलाडीहरुको विकास मात्रै नभएर महिला क्रिकेट विकासको लागि गर्रास रुटबाट नै विकास गर्ने हेतुले उक्त कार्यक्रमको सुरुवात गरेको र आगामी दिनहरुमा अन्य स्थानहरूमा पनि गरिने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्षले जानकारी दिनुभयो। सरस्वती माध्यमिक बिद्यालयलाई पढाईका साथै खेलकुदमा पनि अगाडी बढाउने उद्धेश्यका साथ समय अनुकुल मिलाएर र हरेक हप्ता विद्यार्थीहरुलाई क्रिकेट खेल्न प्रोत्साहन , प्रशिक्षण र समय समयमा विभिन्न प्रतियोगितामा सहभागी गराउने कार्ययोजना रहेको कुरा उक्त बिद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक अजय लामिछानेले बताउनु दिनुभयो।
यस्तै कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले महिला क्रिकेट खेल विकासको निमित्त कार्यक्रम अगाडी बढाएको भन्दै जिल्ला क्रिकेट संघ पर्वतलाई धन्यवाद दिदैं गाउँपालिकाको खेल प्रर्वदन गर्न खेलाडी र खेलाडीहरुको विकासको लागि सधै साथ सहयोग दिने उद्घोष गर्नुभयो । 
कार्यक्रमम विद्यालय व्यवस्थापन समिमिका अध्यक्ष बमबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्ष रेशमबहादर केसी, मोदी गाउँपालिकाका योजना शाखाका प्रमुख दिने शर्मा पौडेलको उपस्थिति रहेको थियो ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                            