‘भरतपोखरीबासीलाई महानगरको अनुभुति हुने गरी एकीकृत विकासको योजना छ’: उम्मेदवार कार्की

पाेखरा | कात्तिक ८, २०७९

‘भरतपोखरीबासीलाई महानगरको अनुभुति हुने गरी एकीकृत विकासको योजना छ’: उम्मेदवार कार्की

 

पोखरा । नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र न २ (१)  का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको एकीकृत विकासको योजना रहेको बताएका छन् । 

 
भरतपोखरीका जनताले महानगरबासी भएको  अनुभुति हुने गरी काम गर्ने भन्दै कार्कीले सोही योजना अनुसार एमाले नेतृत्वको प्रदेश सरकारले अघि सारेको क्रिकेट रंगशाला र औद्योगिक ग्राम निर्माणको अवधारणा अघि सारेको र वर्तमान गठबन्धन सरकारका कारण अलपत्र पारिए पनि अब सो काम पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।


भरतपोखरी विकास मञ्चले आयोजना गरेको तिहार विशेष नृत्य प्रतियोगितामा साथै सो क्षेत्रका बासिन्दाहरुसँग भेटघाट गर्दै ती योजनासँगै सो वडाका आधा दर्जन बढि बाटोहरूका बजेट वर्तमान सरकारले कटौती गरेको बताउँदै तिनीहरु पनि अवको एमाले नेतृत्वको सरकारले पुरा गर्ने प्रतिवद्धता जनाए ।


सो वडाका महत्वपुर्ण स्थानमा सेति नदि माथि थप  मोटरेबल पुलहरू निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलको  दुरि छोट्याउने काम गर्ने  र उक्त कार्य पर्यटकीय विकासमा महत्वपूर्ण कोषेढुङ्गा सावित हुने उनको भनाई छ ।


उम्मेदवार कार्कीले उक्त वडामा एक सुविधा सम्पन्न अस्पताल निर्माण गरी जनताले  स्वास्थ्य सेवा प्राप्त गर्ने गरी काम गर्ने बताए ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्