सेतीमा खसेका थापामगरको जिवितै उद्धार

कास्की | बैशाख ३०, २०७९

सेतीमा खसेका थापामगरको जिवितै उद्धार

पोखरा:  पोखरा महानगरपालिका ७ स्थित घारीपाटन नजिकै माछा मार्न जाने क्रममा सेती खोचमा अड्किएका विशाल थापामगरलाई सुरक्षा टोलीले जिवितै उद्धार गरिएको छ ।

 

प्युठानको गौंमुखी गाउँपालिका ३ का ३२ वर्षिय थापामगरलाई सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरिक्षक भिम बहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्व सँयुक्त टोलीले जिवितै उद्धार गरेको हो ।

 

चिप्लेर लड्दा खुट्टामा चोट लागेको उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सशत्र प्रहरी निरिक्षक भिम बहादुर थापाले सुनगाभा न्यूजलाई बताए । 

 

उनका अनुसार करिब साढे ११ बजे  थापामगर चिप्लेर लडेर सेती खोचमा अड्किएका थिए । त्यसपश्चात उनको उद्धारमा सशत्र प्रहरी बलको टोली र नेपाली सेनाको टोली खटिएको थियो । करिब ३ बजे खोचमा अड्किएका थापामगरको उद्धार गरिएको इन्सपेक्टर थापाले बताए । 

 

पोखरामा ज्याला मजदुरी गर्दै आएका थापामगर स्थानीय तहको निर्वाचनका कारण आज (शुक्रबार) काम नभएपछि माछा मार्न सेती पुगेको बताइएको छ ।


 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्