देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण

झापा | कात्तिक ८, २०७९

देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण

 

झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरिएको छ । 


पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बित्तिकै सुन्दर पार्कमा रहेको भव्य शालिकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति तथा साहित्यकार गङ्गाप्रसाद उप्रेतीले ११४औँ देवकोटा जयन्तीको अवसर पारेर माल्यार्पण गर्नुभयो । सुसेली साहित्य प्रतिष्ठानले लक्ष्मीपूजाको दिन प्रत्येक वर्ष सो पार्कमा भव्य कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रज्ञासभा सदस्य सुभद्रा अर्याल, साहित्यका पुण्य खरेललगायतले देवकोटाको बारेमा चर्चा गर्नुभयो । 


कार्यक्रममा साहित्यकार मीरा पोखरेल, गणेश निरौला, लय भण्डारी, विनोद खनाल, ज्ञानेन्द्र ढुङ्गाना, देवेन खरेललगायतले कविता वाचन गर्नुभएको थियो । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्