निर्वाचन परिणामका लागि प्रिक्साको निःशुल्क प्रविधि electionnepal.live

काठमाडाैं | बैशाख ३०, २०७९

निर्वाचन परिणामका लागि प्रिक्साको निःशुल्क प्रविधि electionnepal.live

काठमाडौं:   यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह सदस्य निर्वाचनको नतिजा सजिलै आफ्नो वेवसाइटमा प्रकाशन गर्नको लागि Prixa Technologies ले  electionnepal.live भन्ने निःशुल्क प्रविधि ल्याएको जानकारी यहाँहरुसँग बाँड्न पाउँदा हामीलाई अत्यन्त खुसी लागिरहेको छ ।

 

electionnepal.live ले निर्वाचन आयोगद्वारा प्रकाशित नतिजालाई द्रुत अपडेट गर्छ । Prixa ले सबै सञ्चारमाध्यमलाई निर्वाचनको परिणाम पाठकहरुसँग साझा गर्न सजिलो होस् भन्ने लागेर यो पोर्टलको अवधारणा ल्याएको हो । यो  प्रविधिमार्फत कुनै पनि सञ्चारकर्मीहरुले निर्वाचनको परिणाम छिटोभन्दा छिटो आफ्नो वेवसाइटमा  प्रकाशन गर्न पाउँछन् ।  निर्वाचनको नतिजा आफ्नो वेवसाइटमा प्रकाशन गर्न electionnepal.live मा गएर त्यहाँ भएको  एम्बेड कोड कापी गरेर आफ्नो वेवसाइटमा राख्न सकिन्छ।

 

Prixa ले यस अघि पनि कोरोना संक्रमितको वास्तविक संख्या अद्यावधिक  गर्नको लागि coronanepal.live भन्ने निःशुल्क प्रविधि  बनाएको थियो र १००० भन्दा बढी संचारकर्मीहरुले आफ्नो वेवसाइटमा यो प्रविधि आत्मसात गरेका थिए ।  साथै कोरोनाको समयमा coronanepal.live २ लाख भन्दा बढी जनताले आफ्नो संचार माध्यममा सेयर गरेका थिए । अझै पनि उक्त प्रविधिले नेपाली जनतालाई सुसूचित रहन मद्दत गर्दै आएको छ र electionnepal.live पनि यही उद्देश्य लिएर बनाइएको हो ।

 

electionnepal.live को माध्यमबाट सबै जनतामा मत परिणामको जानकारी झट्टै होस् भनेर त्यसको लागि हामीले अहिले सञ्चालनमा आइराखेका सञ्चार माध्यममा निर्वाचन आयोगको तथ्यांकलाई आधार बनाएर सबै ठूला साना सञ्चार माध्यमहरुमा  निःशुल्क कोड एम्बेड गर्नेछौँ ।  यसले गर्दा अत्यधिक संख्यामा  रहेका संचार माध्यममा फरक फरक डाटा नआउन् र जनतालाई दुविधा नहोस् भन्नका लागि हामीले निर्वाचन आयोगको आधिकारिक डाटा नै राख्ने व्यवस्था गरेका छौँ।

काठमाडौँ:   बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ ।   गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहर...

थप पढ्नुहोस्

पोखरा:  यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखे...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ ।  नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफस...

थप पढ्नुहोस्