पोखराः गठबन्धका आचार्य अघिअघि एमालेका थापा पछिपछि

कास्की | जेठ १, २०७९

पोखराः गठबन्धका आचार्य अघिअघि एमालेका थापा पछिपछि

पोखरा:   पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै राखेका छन्  । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणना गर्दा आचार्यले अग्रता लिएका हुन् ।

 

आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । भने एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका शंकर खरालले १ सय ८४ र अटेरी अभियानका स्वतन्त्र गनेस पौडेलले ६५ मत प्राप्त गरेका छन् ।

 

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दै अगाडि छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १ हजार २५ मत प्राप्त गरेकी छन् ।

 

अहिले जारी मतगणनामा पोखरा महानगरपालिका वडा नम्बर १ को ११००, २ को ७०० र वडा १२ को १२ सय मत गणना भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
 

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्