विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गरिने

पाेखरा | कात्तिक १३, २०७९

विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गरिने

स्याङ्जा: प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् ।

 
राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् । 


चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने,‘हामीले सद्यैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? सद्यैँ हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’ 


उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए । 
 

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...

थप पढ्नुहोस्