मतान्तर घटाउदै मञ्जुदेवी, आचार्यको अग्रता कायमै
कास्की | जेठ १, २०७९
कास्की: पोखरा महानगरपालिका पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेकी उपप्रमुख उम्मेदवार मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाटसँग मतान्तर घटाएकी छिन् ।
कुल ३५ सय मणगणना गर्दा गुरुङले १ हजार ४ सय ५ मत प्राप्त गरेकी हुन् । उनी रानाभाट भन्दा ४५ मतले पछि छिन् । सुरुवातमै अग्रता लिएकी कांग्रेसी उम्मेदवार कोपिला रानाभाटले १ हजार ४ सय ५० प्राप्त गरिन् ।
यसैगरी मेयर पदमा गठबन्धनका धनराज आचार्यले १ हजार ३ सय ४९ सहित अगाडि छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत पाएका छन् ।

उक्त मत परिणाम पोखरा महानगरपालिका वडा नम्बर १ को १ हजार १ सय २ को ७ सय, वडा १२ को १२ सय र २३ वडा नम्बरको ५ सय गरि कुल ३ हजार ५ सय मत गणना सकिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

