पोखरा: अघि लागिन् मञ्जुदेवी
कास्की | जेठ २, २०७९
पोखरा: पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रैसी उम्मेदवार कोपिला रानाभाटलाई पछि पारेकी छिन् । कुल १० हजार ५ सय ९० मत गणना गर्दा गुरुङले ४ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन भने निकटतम प्रतिद्वन्दी रानाभाटले ४ हजार २ सय ३२ मत पाएकी छिन् ।
रानाभाट भन्दा गुरुङ १ सय १२ मतले अगाडि छिन् । यसअघि कोपिला रानाभाटले अग्रता लिएकी थिईन् ।
यसैगरि मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले भने अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनले ४ हजार २ सय ४० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत पाएका छन् ।

तीन वडाको नतिजा सार्वजनिक
पोखरा महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भैसकेका छन् । यसैगरि वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भैसकेका छन् ।

त्यसैगरि वडा नम्बर १२ मा पनि सोही पार्टीकै सन्तोष बास्तोला निर्वाचित भएका छन् । अबको केही समयमै वडा नम्बर २३ को पनि नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

