पोखरा: अघि लागिन् मञ्जुदेवी
कास्की | जेठ २, २०७९
पोखरा: पोखरा महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रैसी उम्मेदवार कोपिला रानाभाटलाई पछि पारेकी छिन् । कुल १० हजार ५ सय ९० मत गणना गर्दा गुरुङले ४ हजार ३ सय ४४ मत प्राप्त गरेकी छिन भने निकटतम प्रतिद्वन्दी रानाभाटले ४ हजार २ सय ३२ मत पाएकी छिन् ।
रानाभाट भन्दा गुरुङ १ सय १२ मतले अगाडि छिन् । यसअघि कोपिला रानाभाटले अग्रता लिएकी थिईन् ।
यसैगरि मेयर पदका प्रत्यासी गठबन्धनका धनराज आचार्यले भने अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । उनले ४ हजार २ सय ४० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८ सय ७४ मत पाएका छन् ।

तीन वडाको नतिजा सार्वजनिक
पोखरा महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भैसकेका छन् । यसैगरि वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भैसकेका छन् ।

त्यसैगरि वडा नम्बर १२ मा पनि सोही पार्टीकै सन्तोष बास्तोला निर्वाचित भएका छन् । अबको केही समयमै वडा नम्बर २३ को पनि नतिजा सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

