दोहोरिए रुपा गाउँपालिका प्रमुखमा 'नवराज'
कास्की | जेठ २, २०७९
कास्की: नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् । ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् ।
पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् । त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए ।
लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए ।
रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

