ताराखोलाका मृगौलापीडित रोकालाई उपचारार्थ १५ लाख सहयोग
पाेखरा | कात्तिक १४, २०७९
पोखरा : बागलुङको ताराखोला गाउँपालिका ५ स्थित मृगौला पीडित संकल रोकालाई दुई क्लब र स्थानीयको सक्रियतामा संकलित १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
तिहारको अवसरमा नवसृजना युवा क्लबले आयोजना गरेको दिपावली मेलाको अवसरमा मृगौला पीडितका परिवारलाई आर्थिक सहयोग हस्तातरण गरिएको हो ।
ताराखोलास्थित नवसृजना युवा क्लब र असारे युवा क्लबको सक्रियता र वैदेशिक रोजगारीको लागि बहराइनमा रहनुभएका जीवन रोकामगरको संयोजकमा संकलन भएको १५ लाख ३५ हजार रुपैयाँ बिरामीका परिवारलाई हस्तारण गरिएको नवसृजना युवा क्लबका अध्यक्ष पुर्णभद्र निउरेले बताए ।
निउरेका अनुसार नवसृजना युवा क्लब र असारे युवा क्लबको संयुक्त आर्थिक संकलन अभियानमा १४ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ र बहराइनमा कार्यरत जीवन रोका मगरको संयोजकमा ६५ हजार ४ सय २४ रुपैयाँ संकलन भएको थियो ।
तेस्रोपटक वैदेशिक रोजगारीका लागि तयारीमा रहेका २५ वर्षीय रोकालाई स्वास्थ्य जाँच गर्दा दुवै मृगौलाले काम नगरेको चिकित्सकले बताएका थिए ।
३ बर्ष कतार र १ बर्ष युएइमा रोजगारी गरेर फर्केका उनलाइ शारीरिक रुपमा कुनै समस्या थिएन । तेस्रोपटक बहराइन जाने सोच बनाएर स्वास्थ्य जाँच गर्दा उनलाई मृगौलामा समस्या आएपछि वैदेशिक रोजगारीमा पठाउन नसकिने रिर्पोट आएको थियो ।
उनले वैदेशिक रोजगारीका लागि गरिएको मेडिकल रिपोर्टमा बिस्वास नलागे पछि सहिद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाण्डौमा पुनः स्वास्थ्य जाँच गर्दा दुबै मृगौलाले काम नगरेको पत्ता लागेको थियो ।
कमाउन हिडेको छोराको मृगौला फेल भएको खबरले हामी अतालियौं, संकलका बुवा भिम बहादुर रोकाले भने, छोराको जीवन बचाउने चाहना छ त्यसैले साथ दिदै आउनुभएको छ । अठ्यारोमा सहयोगको माग गरेका छौं । सकारात्मक सोचका साथ आर्थिक सहयोगको अपेक्षा गरेका छौं ।
६ जनाका परिवार रहेका भिमबहादर रोकाको संकल माहिला छोरा हुन् । भिमबहादुरका अनुसार सहयोग गर्न चाहनले संकल रोकाको प्रभु बैंक ताराखोला शाखाको खातामा सहयोग गर्न सकिने छ । खाता नं 0600151253200016 प्रभु बैंकमा पठाउन सकिने परिवारले बताएको छ ।

सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

