चिसो मुस्ताङमा चुनावी सरगर्मी

मुस्ताङ | कात्तिक १६, २०७९

चिसो मुस्ताङमा चुनावी सरगर्मी

 

मुस्ताङ ।  हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेद्वारको सक्रियता बढेको छ । 


    एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 


प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांगे्रसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रविण शेरचन प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनु भएको छ ।


    मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएकामा चार जनाले उम्मेदवारी फिर्ता गरेका थिए । प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, सत्ता गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार हुनुहुन्छ ।


    त्यस्तै प्रतिनिधिसभामा स्वतन्त्रबाट डा सुरेन्द्र शेरचन र सुरज लालचन र मानबहादुर विकको उम्मेदवारी परेकोमा सबैले फिर्ता लिनुभएको छ । प्रदेश सभातर्फ उम्मेदवारी दिएका जेमी हिराचनको पनि उम्मेदवारी फिर्ता भएको छ । प्रदेशतर्फ भने कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन । 
चुनावी गतिविधि बढ्दै गर्दा पर्यटकीयस्थल मुस्ताङमा यतिखेर उम्मेदवार यहाँको पर्यटकीय विकाससँगै सडक, खानेपानीलगायतका पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिबद्धतासहित घरदैलोमा पुगेका छन् ।


    पर्यटकीय मौसम भएका कारण यता उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ छ भने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले यहाँको चहलपहल बढाएको छ । लामो समय कोरोना कहरका कारण थलिएको यहाँको पर्यटन विस्तारै फस्टाउँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोम चेकपोष्टको तथ्याङ्ले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएको देखाउँछ । जसमध्ये लगभग ७५ प्रतिशत पर्यटक सार्क मुलुकका छन् ।


    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १० हजार चार सय ८५ मतदाता रहेको यस जिल्लामा सात हजार पाँच सय ५७ मत खसेको थियो । अध्यक्ष पदमा एमालेले चार हजार एक सय २६ मत पाएको थियो भने कांग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो । अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी छ भने उपाध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनले तीन हजार दुई सय ३६ मत पाएको थियो भने एमालेले तीन हजार सात सय २० मत पाएको थियो ।


    जिल्लाको पाँचै तहको उपाध्यक्षको मतभार तुलना गर्दा कांग्रेसभन्दा एमालेको मत चार सय ८४ ले बढी छ । पाँचवटै तहमा एमालेले दुई हजार दुई सय ५४ मत ल्यायो भने कांग्रेसले दुई हजार ७० मत पायो । वडाध्यक्षमा एमाले एक सय ८४ मतले बढी पाएको छ । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार करिब पाँच सय बढी मतदाता नयाँ थपिएका छन् ।


    प्रादेशिक निर्वाचनअन्तर्गत प्रदेश ९ख० को तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन् । यहाँ गएको स्थानीय तह निर्वाचनमा एमालले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो । यी तीन पालिकामा एमालेले अध्यक्ष पदमा दुई हजार सात सय ६९ मत र कांग्रेसले दुई हजार तीन सय ९२ मत पाएको थियो । 


    त्यस्तै उपाध्यक्षमा एमालेले दुई हजार चार सय ४७ मत र कांग्रेसले दुई हजार चार सय ८२ मत पाएको थियो । प्रदेश ९ख०मा एमालेले अध्यक्ष पदमा कांग्रेसभन्दा तीन सय ७७ मत बढी पाएको थियो । मुस्ताङको प्रदेश ९क० मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्दछन् । यस प्रदेशमा एमालेले अध्यक्ष पदमा एक हजार तीन सय ५७ मत पाउँदा कांग्रेससहितको गठबन्धनले छ सय ९९ मत पाएको थियो । उपाध्यक्षमा एमालेले एक हजार दुई सय ७३ मत र गठबन्धनले सात सय ५४ मत पाएको थियो । यस्तै वडाध्यक्ष मतभारमा एमालेले नौ सय पाँच मत र कांग्रेस गठबन्धनले छ सय ७१ मत पाएको थियो ।


    स्थानीय तहको मतपरिणामअनुसार प्रदेश ९क०मा एमालेले गठबन्धनभन्दा ६५८ मत बढी पाएको थियो । उपाध्यक्ष पदमा एमालेले गठबन्धनभन्दा पाँच सय १९ मत बढी पाएको थियो भने वडाध्यक्षतर्फ एमालेले दुई स ३४ मत बढी पाएको छ ।


    गण्डकी प्रदेशको लाइफ लाइन बेनी, जोमसोम, कोरोला खण्डलाई कालोपत्रसँगै कोरोला नाकामा नेपालतर्फ भन्सारलगायतका पूर्वाधार तयार गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताउनुभयो । मुस्ताङदेखि डोल्पा जाने बाटोको पूर्णताका साथै यथासम्भव दामोदरकुण्ड जाने मोटरेवल बाटो, कालीगण्डकी र यसका शाखा मोटरेवल पुल निर्माण प्राथमिकतामा रहने तुलाचनले बताउनुभयो ।


    मुस्ताङको पर्यटकीय विकाससँगै सडक पूर्वाधार, कृषिको आधुनिकीकरणको मुद्दासहित आफू चुनावी अभियानमा जुटेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश गौचन थकालीले बताउनुभयो । जनतालाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको प्रत्याभूति गराउँदै पिछडिएका वर्ग र समुदायको उत्थान पनि आफ्नो प्राथमिकतामा रहेको थकालीको भनाइ छ । 

काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न ...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ ।   ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवह...

थप पढ्नुहोस्