कास्की २(१) का मतदाता भन्छन्–‘उम्मेदवार कार्की भुमिहिन तथा श्रमजीवी जनताका सारथी’

पाेखरा | कात्तिक १६, २०७९

कास्की २(१) का मतदाता भन्छन्–‘उम्मेदवार कार्की भुमिहिन तथा श्रमजीवी जनताका सारथी’

 

पोखरा । नेकपा एमालेको तर्फबाट  कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीलाई उक्त निर्वाचन क्षेत्रका मतदाताहरूले आम भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका जनताहरूको सारथी भएको प्रतिक्रिया दिएका छ्न् । 


केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गर्दा उनी हुदा खाने जनताहरूका असल सारथी भएको प्रमाणित भएको स्थानियहरूले उल्लेख गरे ।


आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँका मतदातासँग साक्षात्कार अभियानमा रहेका उम्मेदवार कार्कीलाई स्थानियले निर्वाचनमा जिताएरै छोड्ने वचन दिएका छन् । आफ्नो कार्यकालमा भुमिहिनहरूलाई भुमिको मालिक बनाउने अभियानलाई आवश्यक नीति निर्माण गर्दै नेतृत्व दिने एक मात्रै सवल उम्मेदवार कास्की २ (१) ले प्राप्त गरेको भन्दै आफुहरुका सपनालाई विपनामा बदल्ने उम्मेदवार कार्की भएको उनीहरुको विश्वास छ ।


पोखरा १५ निवासी स्थानिय मुक्ति गुरुङ भन्छन्–‘एमालेले बाँडेका सपना कहिल्यै झुटा थिएनन । जनताको पक्षमा काम गर्ने योजनाबद्द चरणमा आयोग थियो तर गठबन्धन सरकारले आयोग खारेज मात्रै गरेन, गरेका कतिपय कामलाई बैधता नदिदा भुमिहिनका समस्या अलपत्र पारे ।’  अहिले आँखामा छारो हाल्न निर्वाचनको मुखमा निस्सा बाँडेको प्रपन्च रच्ने गठबन्धन सरकारको रबैया प्रति सबै भुमिहिन जनताहरू सचेत रहेको उनले बताए ।


हिजोका दिनमा भुमिहिनको नाम लिएर आफू मोटाउने दाउमा लागेकाहरूदेखि सतर्क रहदै सच्चा भुमिहिनको अधिकारका लागि लड्ने पार्टी एमाले नै आफुहरूको रोजाईमा रहने पोखरा ७ निवासी स्थानिय निकेश श्रेष्ठले प्रष्ट पारे ।
 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्