लोमान्थाङ निस्कियो नेपाली युवा उद्यमी मञ्चको टोली
पाेखरा | कात्तिक १७, २०७९
पोखरा : आन्तरिक पर्यटन पर्वद्धन गर्न नेपाली युवा उद्यमी मञ्च चार दिने मोटर र्यालीसहित पोखरा-मुस्ताङ भ्रमणमा निस्किएको छ ।
कोभिड १९ पछि सुस्ताएको पर्यटन उकास्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यसहित देशभरबाट १७ वटा गाडीमा ६० जना युवाहरुको टोली आज (बिहिबार) मुस्ताङ भ्रमणमा निस्किएको हो ।
नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ पोखराको अध्यक्ष सुयश मल्लका अनुसार उक्त टोली उपल्लो मुस्ताङ हुदै कोरला नाकासम्म पुग्नेछ ।
‘कोभिड १९ पछि मुस्ताङको भ्रमणमा जानेको संङ्ख्या कमी जस्तै भएको छ, उनले भने, ‘कोरोनापछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, मुस्ताङको कोरला नाका,लोमान्थाङ, मार्फा र जोमसोम लगायतको ठाउँहरुको प्रवद्र्धन गर्ने गरी चार दिनको भ्रमणमा निस्किएका छौं ।’

उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यापार व्यवसायका सम्भावनाको अध्ययन गर्ने, शाहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस) को प्रवद्र्धन गर्ने उदेश्यसहित कार्यक्रम आयोजना गरेको बताए ।
‘स्थानीय पर्यटनको लागि सँगै’ भन्ने उदेश्य राखेर एनवाईईएफ पोखराको समन्वयमा देशभरका ६० युवाहरुको समूहमा १७ गाडीमा पोखरा– लोमान्थाङ मोटर र्यालीमा निस्किएका छौं, मल्लले भने, ‘२००३ सालमा स्थापित एनवाईईएफले युवा उद्यमी उत्पादन गर्ने, युवाहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने संस्थाको उदेश्य लिदैं आएका छौं ।’
एनवाईईएफले यसभन्दा अघि बर्दियामा मोटर र्यालीको आयोजना गरिसकेको छ ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

