धनराजको १५ हजार कट्दा थापाको १३ हजार
कास्की | जेठ ४, २०७९
पोखरा: पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादीका उममेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३६ हजार ८ सय १३ मतगणना सकिदा धनराज आचार्यले १५ हजार २ सय ८८ प्राप्त गरे । भने एमालेका कृष्ण थापाले १३ हजार ३ सय २९ मत बटुले । थापा आचार्य भन्दा १ हजार ९ सय ५९ मतले पछि छन् ।
राप्रपा नेपालका शंकर खरालले १ हजार ५ सय ५६ मत बटुँले भने अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ८ सय ६६ मत प्राप्त गरे । उनले अहिलेसम्म चौथो स्थान कायमै राखेका छन् ।
यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५ मत पाएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छिन् । गुरुङ कांग्रेसकी रानाभाट भन्दा ३ सय ७० मतले पछि छिन् ।
प्रमुख पदमा आचार्यले मतान्तर फराकिलो बनाउँदै गएपनि उपप्रमुखमा भने निकै प्रतिस्पर्धा देखिएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

