पोखरामा ३६ हजार बढी मत गन्दा रुखलाई ११ र कलमलाई २६ भोट !
काठमाडाैं | जेठ ४, २०७९

पोखराः पोखरा महानगरपालिकाको मेयरतर्फ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मैदानमा छन् । त्यस्तै, उपमेयरमा एमाले र कांग्रेसका प्रतिष्पर्धीको रोचक भीडन्त जारी छ ।
यसैबीच, ३६ हजार ८१३ मत गणना भइसक्दा समाजवादीका धनराज आचार्यले १५ हजार २८८ र एमालेका कृष्ण थापाले १३ हजार ३२९ मत प्राप्त गरेका छन् ।
गठबन्धनमार्फत उम्मेदवारी पाएको समाजवादीको उपमेयरमा उम्मेदवार छैन तर उसले हालसम्म २६ मत पाएको छ । यसैगरी, मेयरमा उम्मेदवार नभएको कांग्रेसले रुखमा ११ मत पाएको छ ।
उम्मेदवार नै नभएपछि उक्त चिन्हहरुमा खसेको मतको कुनै अर्थ छैन । महानगरभित्रको अझै १ लाख ६ हजार ४१३ मत गन्न बाँकी छ । यही अनुुपातमा रुख र कलममा मत जाने हो भने अन्तीम गणनासम्म मेयर र उपमेयरलाई असर नपार्ला भन्न सकिँदैन ।
गठबन्धनले मतदाता शिक्षामा ध्यान दिन नसकेको हो वा मतदाताले आफ्नै पार्टी वा चुनाव चिन्ह छोड्न नसकेको हो यसबारे स्वयं मतदाता नै जानकार छन् ।
अझ रोचक त भुँइकटहरले पनि २ मत पाएको छ । जसका उम्मेदवारले अन्तीम घडीमा उम्मेदवारी फिर्ता लिएका थिए ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...