‘गड्स बफेलोले’ ले पायो ‘स्पेशल जुरी मेन्सन अवार्ड’
काठमाडाैं | कात्तिक २०, २०७९
काठमाडौं । क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पार्नुभएको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ ।
मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको सो वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो । क्यानाडाको अल्बेटामा जारी फिल्म फेस्टिबलमा महत्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवं छायाँकार कल्पितले जानकारी दिनुभयो । उक्त फेस्टिबल अक्टोबर २९ देखि आजसम्म जारी छ ।
यसअघि सो वृत्तचित्रले सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिबलमा छनोटमा परेको यो डकुमेन्ट्रीले काठमाडौँ माउण्टेन फिल्म फेस्टिबल (किम्फ)मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यस्तै, इसीमोड माउन्टेन फिल्ममा उत्कृष्ट वृत्तचित्रको उपाधि प्राप्त गरेको थियो ।
इण्डियन फिल्म फेस्टिबल अफ मेलबर्नको छनोटमा परेको सो वृत्तचित्रले द भिजन फिस्ट फिल्म फेस्टिबलमा समेत त्यसले महत्वपूर्ण स्थान हासिल गरेको थियो ।
कूल १४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिबलमा छनोटमा परेको थियो । निर्देशक कल्पितका अनुसार २०७७ असारमा मेलम्चीमा रिपोर्टिङमा जाने क्रममा जाँदा यो वृत्तचित्र खिच्नुभएको थियो ।
“बाढीबाट आहत भएका स्थानीयवासीको समाचार सङ्कलन गर्न मेलम्ची पुग्दा त्यहाँ स्थानीयवासीले प्रेसको गाडीलाई रोकेका थिए । बुझ्दा खेरी बाढीमा बगाएर आएको भैँसीलाई बचाउनेले रु एक लाख मागेको देखेँ”, उहाँले भन्नुभयो, “त्यही भैँसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै हुनुहुन्थ्यो । त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालेँ । त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ ।”
वृत्तचित्र नै बनाउने नसोचेको भए पनि हाल देश विदेशमा उक्त वृत्तचित्रले राम्रै चर्चा परिचर्चा पाएको र नेपालको नाम समेत राखेको कल्पितको भनाइ छ । भैँसी जोगाउनका लागि स्थानीयवासी भीमसेन माझीले रु एक लाख मागिरहेका थिए । होमानसिंहसँग त्यत्रो पैसा थिएन । यही विषयलाई वृत्तचित्रमा समावेश गरिएको छ ।
छयालिस वर्षदेखि विभिन्न फिल्म फेस्टिबल आयोजना गर्दै आएको बान्फ फिल्म फेस्टिबलमा उक्त वृत्तचित्र चयन हुनु नै नेपाल र नेपाली चलचित्र उद्योगका लागि खुसीको कुरा भएको कल्पितको भनाइ छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि यसले महत्वपूर्ण योगदान दिने उहाँको भनाइ छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

