अधिकारीको चुनौती – ‘... देखाउनुहोस्, आजैदेखि राजनीतिबाट सन्यास लिन्छु’
कास्की | कात्तिक २२, २०७९
कास्की: नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा प्रदेश सभा (क)बाट उम्मेदवार रहेका खगराज अधिकारीले चुनावी बहसका दौरान सोधिएका प्रश्नहरुको सामना गर्ने क्रममा गृहमन्त्रीकालबारे चर्चा गरेका छन् ।
कार्यक्रम प्रस्तोताले ‘एमालेको घोषणापत्र हो कि घुसपत्र हो ?’ भनि सोधेको प्रश्नमा अधिकारीले चुनौती दिँदै भने ‘पिए नराख्ने र सुराकीवापत दैनिक ५० हजार रुपैयाँ पनि नलिने एउटा गृहमन्त्री देखाउनुहोस्, म आजैदेखि राजनीतिबाट सन्यास लिन्छु ।’
जवाफकै सिलसिलमा उनले पदमा रहँदा हालसम्म पजेरो सुविधा नलिएको र उपचारका नाममा राज्यबाट एक ट्याब्लेट सिटामोलसम्म नलिएको भन्दै घुसपत्र भनेर कटाक्ष नगर्न आग्रह गरे । ‘म भ्रष्टाचारसँग साइनो नराख्ने मान्छे हुँ’ अधिकारीको भनाई छ ।
सोहीक्रममा अधिकारीले एमालेले घोषणापत्रमा उल्लेख भएका विषयवस्तु पुरा गर्ने जनाए । ‘हामीले समेटेका विषयवस्तु पुरा गर्न भनेरै लेखेको हौं’ अधिकारीले भने ‘घोषणापत्र कार्यान्वयन गरेनौं भने भोली तपाइका सामु भोली आइहाल्नु पर्छ ।’ त्यसैले घोषणपत्र लेख्दा १० पटक सोचिएको उनले दाबी गरे ।
हिमालय टेलिभिजनले पोखरामा आयोजना गरेको चुनावी बहसमा पार्टीकातर्फबाट सहभागी अधिकारीले प्रस्तोताको प्रश्नलाई सम्बोधन गर्ने क्रममा भने, ‘गण्डकी प्रदेशलाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउँने योजना रहेको छ । र, हामी हाम्रा योजना पुरा गर्छाै ।’
बहसमा अधिकारीले पार्टीले तय गरेको एजेण्डाअनुसार गण्डकी प्रदेशलाई ‘सुखी प्रदेश, समृद्ध प्रदेश’तर्फ डो¥याउने उल्लेख गरे । लक्ष्यप्राप्तिका लागि आफु स्वास्थ्यमन्त्री रहँदा सुरु गरेको स्वास्थ्य बीमाको उदाहरण दिँदै अधिकारीले कुरामा नभई काममा विश्वास गर्ने जनाए ।
त्यस्तै, एमालेका कार्यकताले भ्रष्टाचार गरेको, घुस खाएको आरोपमाथि प्रतिवाद गर्दै अधिकारीले गठबन्धनकै सरकार भएकाले छानबीनसहित प्रमाणित गरी कारवाही गर्न चुनौति दिए । ‘गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको हो भने प्रमाणित गर्नुहोस्, कारवाही गर्नुहोस्’ उनले भने ‘तर हचुवाकाभरमा नेता र पार्टीमाथि आरोप नलगाउनुहोस् ।’
साथै, अधिकारीले सहभागीद्वारा संसद विघटन, निर्मला हत्याकाण्ड, गभर्नर महाप्रसाद अधिकारीसँग सम्बन्धित सोधिएको जवाफ दिएका थिए ।
प्रदेशसभामा अधिकारीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दिपक कोइराला रहेका छन् ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

