ब्याजदर घटाउनुपर्ने मागसहित पोखरा कमर्सको राष्ट्र बैंकलाई ज्ञापनपत्र
पाेखरा | कात्तिक २२, २०७९
पोखरा : पोखरा चेम्बर अफ कमर्स कास्कीले बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ ।
चेम्बर कास्कीले आज (मंगलबार) बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुदेँ माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका प्रमुख रामशरण खरेलमार्फत ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्र खरेललाई हस्तान्तरणपश्चात बोल्दै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पिडा दिएको बताए ।

‘कोभिड १९ ले व्यवसायीहरुसमेत अछुत रहन सकेन’, उनले भने, ‘कोभिडपछि रुस र युक्रेनको युद्धका कारण धरापमा परेको नेपाली व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर व्यवसायीलाई थप पिडामा राखेको छ । यो निर्णय फिर्ता लिन हाम्रो माग हो ।’
उनका अनुसार चेम्बरले आकासिदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर ४.४ प्रतिशतमा १ प्रतिशत घटाउन माग गरेको छ । बैंकहरुको आधार दरलाई न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गर्न माग गरेको छ ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा चेम्बर्स आफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले व्यवसायीहरुहरुलाई धरापमा पार्ने गरी ब्याजदर बृद्धि गरेको बताए ।
‘ब्यापार व्यवसाय फस्टाएमात्र देश समृद्ध हुन सक्छ’ उनले भने,‘ देश समृद्ध बनाउन ब्यापार ब्यवसाय फस्टाउन पर्छ तर राष्ट्र बैंकले व्यवसायीहरुको विरुद्ध ब्याजदर वृद्धि गरेर व्यवसाय धरापमा पारेको छ ।’
यस्तै चेम्बर पोखराले नेपाल राष्ट्र बैंकले वाणिज्य बैकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८.५ प्रतिशत पुर्याएको र त्यसलाई ५ प्रतिशत नै कायम गर्न माग गरेको छ । सिडी र्याटियो ९० प्रतिशतको स्थानमा अन्य वर्षको जस्तै सिडी र्याटियो ८५ प्रतिशत नै कायम गर्न चेम्बरको माग छ ।
त्यसैगरि सो ज्ञापनपत्रमा प्रत्यक्ष त्रैमासिकमा पुजीगत खर्चको समीक्षा गरिनु पर्ने र खर्चको लक्ष्य प्राप्तिको लागि प्रभावकारी पहल गरिनुपर्ने माग राखेको छ । यस्तै चेम्बरले स्थानीय, प्रदेश तथा संघीय सरकार अन्तरगतका निकायहरुको खातामा रहेको पुजीगत रकम खर्च हुने नसकेको अवस्थामा रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न माग गरेको छ ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पृथ्वी बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी लगायय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
ज्ञापनपत्र बुझाउनुअघि पोखरा मालेपाटनस्थित चेम्बर्स अफ कमर्स कास्कीको कार्यालयबाट पस्र्याङ, सिद्धार्थचोक, विपी चोक, न्यूरोड, सिर्जनाचोक हुदैं नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको कार्यालय पुगरे ज्ञापनपत्र बझाइएको थियो ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

