प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु
प्युठान | कात्तिक २३, २०७९
कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा दुर्घटना भएको मुगुबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज ४४१२ जीप । तस्बिर रासस
प्यूठान : प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना भएको हो ।
प्यूठान नगरपालिका–१ खैराको पूर्णिमा मेला हेर्न गएका यात्रु बोकी प्यूठान नगरपालिका–५ पातलकटेरीतर्फ गइरहेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिनुभयो । उक्त घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिनुभयो । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो ।
जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

