‘सडक पूर्वाधार समृद्धिको आधार’: उम्मेदवार भट्टराई

पाेखरा | कात्तिक २४, २०७९

‘सडक पूर्वाधार समृद्धिको आधार’: उम्मेदवार भट्टराई

पोखराः  कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । 

 

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथि बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।

 

पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै संघ र प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिईन् ।

 

निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी भट्टराईले पोखरा ढाँडवेसी, वयरघारी, लामडाडा, मौजा ग्रामीण सडक स्तरोन्नतसँगै झण्डै साढे एक किलोमिटर बाटो ढलान समेत गरिएको बताउँदै उनले भनिन्–‘बांकी रहेको काम सम्पन्न गर्ने जिम्मेवारी मलाई दिनुहोस ।’ 

 

हिमश्रृखलाको मनोरम दृश्यसंगै सुन्दर गाउँ मौजा आँटीघरमा रहेको होमस्टेको प्रवद्र्धनको लागि सडक सञ्जाल पहिलो आवश्यकता भएको उनको भनाई छ ।

 

भट्टराईले सडक यातायातले उक्त क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

 

निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार मिना गुरुङले दिगो विकास लक्ष्य प्राप्तिका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पारेकी छन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउनु वर्तमानको आवश्यकता भएकोमा उनको जोड छ ।

 

नेकपा एमाले वडा कमिटि २० का अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य भिमप्रसाद बास्तोला, मनवुजा विश्वकर्मा, महानगर सचिव जिवन आचार्य, स्थानीय सरोज गुरुङ, भिम गुरुङ, शंकर गौतम, दुर्गाबहादुर गुरुङ लगायतले निर्वाचनमा केन्द्रीत हुनु पर्नेमा जोड दिंदै कुनै पनि लोभलालचमा नलागि मतदान गर्न मतदातालाई आग्रह गरेका थिए ।
 

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्

बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ ।   पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...

थप पढ्नुहोस्

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...

थप पढ्नुहोस्