पुस १२ देखि आहा ! रारा गोल्डकप

पाेखरा | कात्तिक २४, २०७९

पुस १२ देखि आहा ! रारा गोल्डकप

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ । 

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो ।

 

एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा ! रारा गोल्डकप-२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । 

 

पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा गरी  १२ टिमले भाग लिने छन् । 

 

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ । 

 

पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

 

अफिसियल बैंक लुम्बिनी विकास बैंक, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के, सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग  र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ ।

 

यस्तै, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ । 
गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो । गत वर्ष २० औं आहारारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको थियो ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्