यो महिना देशले हिमालबाट कमायो ४८ करोड

काठमाडाैं | जेठ ६, २०७९

यो महिना देशले हिमालबाट कमायो ४८ करोड

काठमाडौं, हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । विभागले २७ वटा हिमाल आरोहणका लागि १२३ आरोहणदलबाट उक्त राजस्व सङ्कलन गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

 

कोरोना भाइरस (कोभिड–१९) महामारी पछि यस वर्ष पदयात्रा र पर्वतारोहण क्षेत्रमा चहलपहल सुरु भएको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार पर्यटकको आगमनलाई हेर्दा पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिनुभयो । 

 

विभागले यस महिना ७५८ पुरुष र २१० महिला गरी ९६८ आरोहीलाई २७ हिमाल  आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै सगरमाथाबाट ३९ करोड ९५ लाख ६२ हजार ३५० रुपिँया राजस्व संकलन भएको छ भने ल्होत्सेबाट दुई करोड ८४ लाख २९ हजार ७२२ रुपिँया, कञ्चनजङ्घाबाट एक करोड ३० लाख ८४ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

 

यी आरोहीहरु विश्वभरका ७४ वटा देसबाट नेपालका हिमाल आरोहणका लागि आएको विभागको तथ्याङ्क छ । सगरमाथा आरोहणका लागि मात्र ५८ वटा देशबाट ३१९ जना आरोहीले अनुमति लिएका छन् । 

काठमाडौं:  अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्द...

थप पढ्नुहोस्

पोखरा:  जेन–जी आन्दोलनमा आगलागीबाट क्षति भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।  जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्क...

थप पढ्नुहोस्