पोखरा १५ को ५ औँ संस्करणको सफाइ अभियान, दुई मतदान केन्द्र वरपर सरसफाइ
पाेखरा | कात्तिक २६, २०७९

पोखरा: पोखरा महानगरपालिका वडा नं –१५ को ५ औँ संस्करणको बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको हो ।
सफाइ कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान स्वरूप सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
विशेष गरी आजको सफाइ कार्यक्रम आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान केन्द्रलाई लक्षित गरी अभियान चलाइएको वडा सदस्य आशिष भण्डारीले बताए । उनले पोखरा –१५ का दुई मतदान केन्द्र श्री सिद्ध उच्च माध्यमिक विद्यालय र वडा कार्यालय अगाडिको मतदान केन्द्रलाई केन्द्रित गरी सरसफाइ गरिएको बताए। साथै सफाइ अभियानमा सहभागी टोल विकास संस्था, आमा समूह, युवा क्लब लगायत उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने उनले विश्वास व्यक्त गरे ।
अभियानमा सहभागी सबैलाई वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियाले मास्क तथा ग्लोब वितरण गरेकी थिइन्। सफाइ अभियानको छैटौँ शृङ्खला आगामी मङ्सिर २४ गते हुनेछ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...