कास्कीमा १ सय ३३ जनाले बुझाए ‘हातहतियार’
पाेखरा | कात्तिक २७, २०७९
पोखरा: सर्वसाधारणले लाइसेन्स प्राप्त १ सय ३३ हातहतियार जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार सर्वसाधारणहरुले कास्की प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरि सर्वसाधारणहरुले घरमा राखेका भरुवा बन्दुक लगायतका हातहतियार बुझाएको बताए । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्ने लक्ष्य सरकारको छ’ उनले भने, ‘त्यसैले प्रशासनको सूचना अनुसार जिल्लामा इजाजत प्राप्त हातहतियार सर्वसाधारणले बुझाएका छन् ।’
गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा प्रशासनमा १ सय ३५ हातहतियार सर्वसाधारणले बुझाएका थिए भने अहिले इजाजत प्राप्त गरेका २ जना व्यक्ति नेपाल भन्दा बाहिर भएकाले त्यस हतियार प्रशासनमा ल्याउन सम्पर्क गरिरहेको प्रहरी उपरिक्षक तिवारले बताए ।
‘निर्वाचनलाई लक्षित गरेर प्रशासनले सूचना प्रकाशित गरेपछि स्थानीय निर्वाचनमा बुझाएका हतियार धनीलाई निरन्तर सम्पर्क ग¥यौं र अहिले १ सय ३३ वटा हयिार प्रशासनमा बुझाएका छन्’, उनले भने,‘ स्थानीय निर्वाचनमा बुझाएका हतियारधनी देश बाहिर भएकाले प्रशासनमा ल्याउन पहल गरेका छौं ।’
जिल्ला प्रशासन कार्यालय कास्कीले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई स्वच्त, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न असोज १४ गते इजाजत प्राप्त गरेका हातहयिार बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना प्रकाशित गरेको थियो ।
प्रशासनले निर्वाचन सम्पन्न भएको एक हप्तापछि इजाजत प्राप्त हातहतियार फिर्ता लैजान सक्ने कानूनी प्रावधान रहेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका नायव सुब्बा शिव खत्रीका अनुसारका कास्कीबाट इजाजत बैधानिक रुपमा घरमा हातहतियार राख्न १ हजार १ सय ३७ जनाले इजाजत लिएका छन् ।
इजाजत प्राप्त गरेका १ हजार व्यक्तिले किन हतियार बुझाएनन् भन्ने प्रश्नमा नायव सुब्बा खत्रीले भने, ‘सम्बन्धित जिल्ला नभनी जहाँ प्रहरी प्रशासन छ, जहाँ प्रशासन नजिक छ उनीहरुले त्यहाँ नै हतियार बुझाउन सक्ने भएकाले इजाजत बराबरको हतियार बुझाएको तथ्याङ्कसँग नमिलेको हो ।’
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

