माध्यमिक तहमै पर्यटन विषयको पाठ्यक्रम समावेश गरिने छ: गठबन्धन

पाेखरा | कात्तिक २८, २०७९

माध्यमिक तहमै पर्यटन विषयको पाठ्यक्रम समावेश गरिने छ: गठबन्धन

 

पोखरा:  कास्की २ का पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले पोखराको पर्यटनलाई बढवा दिन माध्यामिक तहमै पाठ्यक्रम बनाउन पहल पर्ने प्रतिवद्धता जनाएको छ । 


पोखरा पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न माध्यमिक तहमै पर्यटनका विषयमा पठनपाठन गर्न पहल गर्ने बताएको छ । जसका लागि सार्वजनिक र सामुदायिक विद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सूचना, सञ्चार तथा प्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न महानगरीय आईसिटी एकेडेमी स्थापना गर्न महानगरसँग सहकार्य गर्ने बताएको छ ।


यो सँगै शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमा लाईब्रेरी स्थापनाका लागि पहल गर्ने बताएको छ ।  


विद्यार्थीहरुका लागि आत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरेको छ । यो कार्यक्रम माध्यमिक तह पुरा गरेका विद्यार्थीहरुका लागि लाभ हुने गरी सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । 


पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई अनुसन्धान गर्ने थिंक ट्यांकका रुपमा विकास गर्ने गठबन्धनको प्रतिवद्धता छ । आवश्यकता अनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र सूचना प्रविधि सम्बन्धी प्राविधिक तथा व्यावसायिक महाविद्यालयको रुपमा विकास गरिने बताएका छन् ।  


गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा  नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् । 

काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्...

थप पढ्नुहोस्