भलिबलमा उदाउँदा ‘रवि’

बाग्लुङ | कात्तिक २८, २०७९

भलिबलमा उदाउँदा ‘रवि’

बागलुङः  अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू–२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नु भएको छ । 

 

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये दोस्रो स्थानमा उहाँ आइतबारदेखि बन्द प्रशिक्षणमा हुनुहुन्छ । 

 

नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिनेछ । 

 

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा  प्रतियोगिता हुन लागेको हो । नेपालले पहिलो पटक यू–२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको प्रतियोगिता खेल्न पाउनेमा २२ वर्षीय केसी ढुक्क हुनुहुन्छ । 

 

“खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा थियो”, केसीले भन्नुभयो, “टोलीमा पक्कै पर्छु भन्ने लागेको छ, मेहनत पनि त्यसै अनुसार गरिहेको छु ।” 

 

दुई वर्षअघि काठमाडौँमा सम्पन्न भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा रविले डेब्यु गर्नु भएको थियो । गलकोट स्पोर्टस् क्लबबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नु भएको थियो । ओपन स्पाइकर रविले त्यसता ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेल्नुभएको थियो । 

 

१४/१५ वर्षको उमेरदेखि भलिबल खेल सुरु गर्नुभएका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिनुभएको छैन । 

 

“प्रतियोगिताका बेला हुने सामान्य अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर पाएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै क्लबमा पनि आवद्ध भएको छैन ।”​ यहाँको गलकोट नगरपालिका–७ मल्ममा जन्मनु भएका केसी गाउँमै भलिबल खेल्दै र सिक्दै आउनुभएको हो । 

 

जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताउनुभयो  ।  “अब अन्तिम १४ मा परेर रविले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेमा हामी विश्वस्त छौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उनलाई राष्ट्रिय टोलीमा पार्न हाम्रो प्रयत्न रहन्छ ।” 

 

रविलाई सानैदेखि भलिबलतिर आकर्षित गर्न सुरेन्द्र केसीको नाम अघि आउँछ । उहाँ हाल गलकोट भलिबल टिमका प्रशिक्षक समेत हुनुहुन्छ । रवि र सुरेन्द्रले सँगैसँगै थुप्रै प्रतियोगिता खेलेर टोलीलाई जिताउनु भएको छ । 

 

“रविले सुरुमा वडास्तरीय प्रतियोगिताबाट खेल जीवन सुरु गर्नु भएको हो, मैले नै धेरै ठाउँमा उनलाई अघि सारेर भलिबल सिकाएको हुँ”, प्रशिक्षक केसीले भन्नुभयो, “रवि कुशल स्पाइकर हुन्, अनुशासन र इमान्दारिता उनको अर्को सम्पत्ति हो ।

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्