आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा छौंः अध्यक्ष दाहाल
तनहुँ | कात्तिक २८, २०७९
तनहुँः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आज आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने सङ्कल्पसहित गठबन्धन निर्माण भएको बताउनुभयो ।
“यसपटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ”, उहाँले भन्नुभयो । संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको अध्यक्ष दाहालको भनाइ थियो ।
“घटनाक्रमको विकास लामो सङ्घर्षबाट उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यौँ, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो”, अध्यक्ष दाहालले भन्नुभयो । तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै अध्यक्ष उहाँले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताउनुभयो ।
उहाँले नेकपा ९एमाले० लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताउनुभयो । “संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो रु भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उहाँ देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको उल्लेख गर्नुभयो । “पौडेललाई धेरै मत दिएर जिताउनुस् त्यो सम्भावना बढ्यो, बढ्यो, बढ्यो”, अध्यक्ष दाहालले भन्नुभयो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

