सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौ: उम्मेदवार बैरागी
पाेखरा | कात्तिक २८, २०७९
पोखरा: कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार दामोदर पौडेल बैरागी र प्रदेश सभा ३ (१) का उम्मेदवार गणेशमान गुरुङसँग आग्रह आगह गरेका थिए । प्रदेशमा एमालेको सरकार हुँदा समस्या समाधान गर्न लिफ्टिङ खानेपानी सुरु गरेर केही हदसम्म समस्या समाधान भएको र अब दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता दुवै उम्मेदवारले जनाएका हुन् ।
पोखरा १८ को अन्य ठाउँको तुलनामा माथिलो क्षेत्र तोरीपानी, गोठादी, पँदेली र तल्लो क्षेत्र भकुण्डेमा खानेपानीको चरम अभाव भएको स्थानीयको गुनासो छ । ‘सरकाङकोट र यहीँको छिमेकी वडा पोखरा २४ कास्कीकोटमा खानेपानीको समस्या भएको थाहा छ,’ उम्मेद्वार बैरागीले भने, ‘यहाँ एउटा लिफ्टिङको प्रयास पनि सफल हुन सकेन । पछि संघ र प्रदेशमा एमालेको सरकार नहुँदा काम रोकियो । चुनाव जितेपछि यो समस्या समाधान गर्न प्रतिबद्ध छौँ ।’
प्रदेश सभा उम्मेदवार गुरुङले सामान्य खानेपानीको समस्या समाधान नहुँदा महानगरबासी हो भन्न लाज हुने अवस्था रहेकोमा आफू जानकार रहेको सुनाए । उनले वर्तमान गठबन्धन सरकारले काम नगरेको र काम गर्न प्रदेशमा र संघ दुवैमा एमाले सरकार चाहिने स्पष्ट पारे । ‘खानेपानीजस्तो आधारभूत आवश्यकताबाट वञ्चित हुनुहुन्छ थाहा छ । प्रदेशमा एमालेको सरकारको पालामा काम सुरु भएको थियो । पछिको सरकारले काट्यो,’ उनले थपे, ‘जितेपछि आधारभूत आवश्यकता पुरा गर्न हाम्रो पहिलो प्रयास हुनेछ ।’
हर्पन खोलाले कटान गर्ने वस्ती संरक्षणलगायत विषयमा चंखपुरका स्थानीयले उम्मेद्वारलको ध्यानाकर्षण गराएका थिए । खानेपानी समस्या समाधान, सराङकोटमा निर्माणको अन्तिम चरणमा पुगेको शिव मन्दिर निर्माण, सुकुम्बासी व्यवस्थापनलगायत विषयलाई विशेष प्राथमिकता दिने उम्मेदवारद्वय पौडेल र गुरुङको वाचा छ ।
रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

