तनहुँमाथि स्याङ्जा ५ विकेटले विजयी
स्याङ्जा | कात्तिक २८, २०७९
स्याङ्जा: वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा स्याङजाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ ।
प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत सोमबार भएको खेलमा टस जितेको तनहुँले पहिला व्याटिङ गर्दै १ सय ५ रनको सामान्य योगफल तयार पार्याे । तनहुँको पारी ३६ ओभरमा समेटिदा रिन्जिन लामाको ३९ रन सर्वाधिक बन्न पुग्यो । सुप्रेम सुनारले १७ रन जोडे । स्याङजाका बलरहरु किरण भट्टराई र सुजन गौतमले समान ३ विकेट लिए ।
स्याङजाले २४.५ ओभरमा ५ विकेट गुमाएर विजय लक्ष्य प्राप्त गर्दा सुजन गौतमले नटआउट ४५ र किरण भट्टराईले २४ नटआउ रन जोडे । तनहुँका बलरहरु प्रदीप अर्याल र सचिन अधिकारीले समान २ विकेट लिए । खेलमा ३ विकेट सहित ४५ रन जोडेका स्याङजाका सुजन गौतम म्यान अफ द म्याच भए ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

