महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी रकम भुक्तानी

पाेखरा | कात्तिक ३०, २०७९

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी रकम भुक्तानी

पोखरा:  महालक्ष्मी लाईफ इन्स्योरेन्सले मृत्यु दाबी (बीमाङ्क) रकम भुक्तानी गरेको छ । 


इन्स्योरेन्सले (बीमा लेख नम्बर ४०१००००५८८ का) शुक्लागण्डकी नगरपालिका ११ तनहुँका बीमित कमल बहादर चन्दको परिवारलाई बीमा रकम भुक्तानी गरेको हो । 


स्वर्गीय बीमित चन्दले भदौं ३१ गते महालक्ष्मी लाईफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको बीमा गरेका थिए । बीमितको आकस्मिक मृत्यु भएकाले चन्दले इन्छाएको व्यक्तिलाई १६ लाख ५० हजार रुपैयाँ बीमितका छोरा अमृत कुमार चन्दलाई बीमा कम्पनीका क्षेत्रीय प्रबन्धक अखिल धमलाले हस्तातरण गरेका थिए । 


स्वर्गीय चन्दले इन्स्योरेन्समा २ किस्तामा ३ लाख ४५ हजार ४ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । चन्दको ०७९ साउन २५ गते मृत्यु भएको थियो ।

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्