टिकट नपाएको झोकमा अरु पार्टी रोज्दिनः  खड्का

पाेखरा | मंसिर १, २०७९

टिकट नपाएको झोकमा अरु पार्टी रोज्दिनः  खड्का

पोखराः   गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रीबाट हटाइएका कुमार खड्काले पार्टीले टिकट नदिएपनि नेपाली कांग्रेस नछोड्ने बताएका छन् । 


आज (बिहिबार) पोखरामा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नछोड्ने बताएका हुन् ।  ‘पार्टीको क्रियाशिल सदस्यता लिएर प्रवास गएका साथीहरुले वडा अध्यक्षको टिकट पाएका छैनन्, ‘नेपाली कांग्रेसले एउटा कार्यकर्तालाई ठुलो गुण लगाएको छ, उनले भने, ‘प्रदेशसभाको सदस्य बनायो । लेखासमितिको संयोजक बनायो । प्रदेशको मन्त्रीको बनायो टिकट नपाएपनि अरु पार्टी प्रवेश गर्दिन । र गठबन्धनका नेता जिताउन लागि पर्छु ।’

 

आयोगले जारी गरेका आचासंहिता विपरित चुनावी सभा उपस्थित हुन नसकेको पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री खड्काले स्पष्ट पारे । 


‘जनताको सेवामा खटिन्छु भनेर कसम खाएको छु । निर्वाचन आयोगले मंसिर ४ गतेसम्म आचारसंहिता विपरित पार्टीको कार्यक्रममा उपस्थित नहुन आचारसंहिता जारी गरेको छ, खड्काले भने, ‘ त्यसकारण आचारसंहिता विपरित गठबन्धनको कार्यक्रममा उपस्थित नभएको हो । उम्मेदवारलाई असहयोग गरेको आरोप निराधार हो ।’


उनले निर्वाचन आयोगमा गठबन्धनको कार्यक्रममा उपस्थित हुन पत्र लेखेका थिए । तर उक्त पत्रमा मिति, समय, स्थान तथा कार्यक्रमको विस्तृत जानकारी नखुलेको बताउदै आयोगले अनुमति दिएको थिएन । 


सोही कारण खड्का गठबन्धनको कुनै पनि कार्यक्रममा सहभागि हुन नसकको सुनाए । यद्यपी अब पदमुक्त भएपछि भने गठबन्धनको उम्मेदवारलाई सहयोग गर्ने जनाएका थिए ।

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

थप पढ्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्...

थप पढ्नुहोस्