नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि
काठमाडाैं | मंसिर १, २०७९
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो ।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४९ अङ्कले उकालो लागेर तीन सय ८१ दशमलव शून्य छ मा पुगेको छ । कूल दुई सय २३ कम्पनीको ४३ लाख ८४ हजार चार कित्ता शेयर रु एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ बराबरको कारोबार भयो । आजको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ३९ लाख १५ हजार नौ सय ७२ बराबरको कारोबार भयो ।
त्यस्तै शिवम् सिमेन्ट रु १३ करोड ४० लाख २७ हजार दुई सय ८८, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ६३ हजार आठ सय ७३, फरवार्ड माइक्रोफाइनान्स रु सात करोड ९० लाख ६५ हजार दुई सय ७४ र हिमालयन पावर पार्टनर रु छ करोड १३ लाख २६ हजार आठ सय ३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सिकेलेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई सात दशमलव ५१, रिडी पावर कम्पनी छ दशमलव शून्य तीन र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स दुई दशमलव ९७, इमर्जिङ नेपाल एक दशमलव ८७, तारागाउँ रिजेन्सी होटल एक दशमलव ६९, समता घरेलु लघुवित्त एक दशमलव ४० र युनिलिभर नेपालका लगानीकर्ताले शून्य दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

