एमालेका गण्डकी नेता विप्लव माओवादीमा, उतैबाट आए उतै गए

कास्की | मंसिर २, २०७९

एमालेका गण्डकी नेता विप्लव माओवादीमा, उतैबाट आए उतै गए

कास्की: नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोष परियार विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् । 

 

माओवादीको बुधबार पोखरामा आयोजित निर्वाचन बहिष्कार सभामा परियार विप्लव माओवादीमा प्रवेश गरेका हुन् । यसअघि परियार माओवादी परित्याग गरी एमालेमा आएका थिए । 

 

माओवादी अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’सँगै परियार पनि सार्वजनिक भएका थिए । त्यसको केही समयपछि एमालेमा प्रवेश गरेको एक एमाले नेताले जानकारी दिए । 

 

‘उहाँ राजनीतिमा फड्को मार्न चाहिरहनु भएको थियो, प्रदेश सदस्यमा रहेर सक्रिय हुन सकिरहनु भएको थिएन’ उनले भने ‘सन्तोषजी उतै (विप्लव)बाट आउनु भएको हो, उतै जानुभयो ।’

 

उनका अनुसार महत्वकांक्षी स्वभावका परियार पछिल्लो समय सचिवालयमा निष्क्रिय रहेका थिए । 

 

माओवादी प्रवेश गरेपछि परियारले सभामा धारणा राख्दै एमालेले भूमिहीन, निम्न वर्ग र श्रमिकको पक्षमा केही काम नगरेपछि माओवादीमा प्रवेश गरेको बताए ।

 

परियारलाई माओवादीमा कस्तो पद, स्थान दिइन्छ भन्ने सन्दर्भमा हाल कुनै निर्णयमा नपुगेको माओवादी जिल्ला समितिले जनाएको छ । 

 

जिल्ला समितिका कास्की सचिव काजी गुरुङले भने, ‘सन्तोषजी पार्टीको विचार र सिद्धान्त स्वीकारेर आउनु भएको हो, के–कस्तो पद वा जिम्मेवारी दिने हो पार्टीले पछि निर्णय गर्छ ।’

 

परियार अन्नपूण गाउँपालिका, दाङसिङ निवासी हुन् । 

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्