पौदेलीले अझै मनाउँछन् १७औँ शताब्दीको न्वागी

बाग्लुङ | मंसिर ३, २०७९

पौदेलीले अझै मनाउँछन् १७औँ शताब्दीको न्वागी

बागलुङ:  बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा यही मङ्सिर ५ गतेदेखि न्वागी खाने पर्व हुँदैछ । बर्सेनि धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ । ज्योतिषीले निकालेको शुभमुहूर्तमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत हुनेछ । 


गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे । विसं १७३४ देखि बागलुङ पश्चिमको बडिगाड गाउँपालिका–५ खारमा यस्तै एक पर्व मनाइन्छ । जहाँ पुर्खाको योगदान, सहयोगी भवना र स्थानीयको खुसी समेटिएको छ ।


बाह्रौँ शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५औँ शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसे र चौबीसे राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भू–भागको रूपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा पर्दथ्यो । साथै दगाको केही क्षेत्र मुसिकोटको मौजासमेत रहेको इतिहास छ । 


सोही इतिहाससँग जोडिएको पौँदी क्षेत्रको आफ्नो छुट्टै इतिहास रहेको छ । बागलुङको साविक जलजला, ग्वालीचौर र गुल्मीको पौँदीअमराई गाविसलाई पौँदी क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरूको उल्लेख्य बस्ती रहेको र उनीहरूकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ । जुन शब्दपछि अपभ्रंश भएर पौँदी बन्न गएको बडिगाड–५ का स्थानीय कृष्णबहादुर घिमिरेले बताउनुभयो । “रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटीय क्षेत्रलाई नै पौँदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ”, घिमिरेले भन्नुभयो ।


मध्यकालीन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रममा एक समय इस्मा राज्यको सिमाना साविकको ग्वालीचौर गाविसको दारेगौँडासम्म आइपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौँदी मौजा राजनीतिक महत्त्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको घिमिरेले सुनाउनुभयो ।

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्।  आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ...

थप पढ्नुहोस्

काठमाडौं:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।&n...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण ...

थप पढ्नुहोस्