रवि लामिछानेले आफैलाई मतदान गरेनन्

काठमाडाैं | मंसिर ४, २०७९

रवि लामिछानेले आफैलाई मतदान गरेनन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनमा मतदान गर्न नपाउने भएका छन् ।

 

लामिछाने चितवन क्षेत्र नं.२ का उम्मेदवार हुन् । यहाँ मतदाता नामावलीमा नाम नभएपछि उनी आफैलाई भोट हाल्न नपाएका हुन् ।

 

लामिछानेले आफ्नो मतदान काठमाडौंमा गरेका छन् । क्षेत्र नं.३ का मतदाता उनले महांकाल पानीटंकीस्थलमा मतदान गरेका छन् । 

 

चितवन क्षेत्र नं.२ मा लामिछाने नेकपा (एमाले)का कृष्णभक्त पोखरेल र गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठसंग प्रतिस्पर्धामा छन् ।

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्