भिमकालीसँग बि–१३ पराजित

कास्की | जेठ १०, २०७९

भिमकालीसँग बि–१३ पराजित

पोखरा:    जनएकता क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा रविन्स गार्डेनलाई पुलिस ट्रेनिङ  सेन्टरले ४–० गोलले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ । 

 

पुलिसका लागि कृष्ण गुरुङले दुई तथा सुर्य मगर र शक्ति मिजारले समान एक एक गोल गरे । खेलमा शक्ति मिजार म्यान अफ दि म्याच घोषित भए ।

 

त्यस्तै दोस्रो खेलमा बि–१३ लाई भिमकाली एफसीले २–० गोलले पन्छाएको छ । सुमित श्रेष्ठले दुवै गोल गर्दै म्यान अफ दि म्याचको हकदार भए । 

 

तेस्रो खेलमा मर्दी एफसीले रिलीमिली एफसीलाई ६–० ले पराजित गरेको छ । विशाल सुनारले दुई, रोशन थापाले २ र मनिष थापाले दुई गोल गरे । खेलमा विशाल सुनार म्यान अफ दि म्याचबाट पुरस्कृत भए । चौथो खेलमा २५ केले कमलपोखरी एफसीलाई १–० को कठिन जित निकाल्यो । अनिष परियारले निर्णायक गोल गर्दै म्यान अफ दि म्याच हकदार बने । 

 

मन्त्र चर्च ब्वाईजले मेरो नेपाली युथ क्लब बीलाई ६–० ले पराजित गरेको छ । मन्त्रको लागि भिडी छन्त्यालले ह्याट्रिक गरे । निशान गुरुङले एक, बीर तामाङ र साईमन तामाङले एक एक गोलको योगदान दिए । छन्त्याल म्यान अफ दि म्याच भए । 

 

भदौरे एफसी जनएकता युथा क्लब सेतोसँग २–१ गोलले पराजित हुन पुग्यो । भदौरेका लागि राजन थापाले गोल गरे । जनएकताका लागि रविन गुरुङ र राहुल थापाले गोल गर्दै जित दिलाए । राहुल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै मनोहर एफसीलाई कमलपोखरी एफसीले ६–० ले पन्छायो । अजय गुरुङले चार तथा उपेन गुरुङ र सुदेश गुरुङले एक एक गोल गरेका थिए । 
 

 

रामेश्वरी माविको खेलमैदानमा आयोजित प्रतियोगितामा ४६ टोलीको सहभािगता रहेको छ । विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्