कहिले कोरोना त कहिले पुस्तकको अभावमा पठनपाठनमा अवरोध
काठमाडाैं | जेठ ११, २०७९
बाजुरा, बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चानमा आएका भए पनि समयमै किताब नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् ।
यो वर्ष भर्ना भएका विद्यार्थीहरुलाई इन्टरनेटको सहायताले ह्वाइट बाेर्डमा लेखेर पढाइ गर्न बाध्य छन् ।
बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ धुरालसैन माविका प्राधानाध्यापक महासिंह थापाले भन्नुभयो, “नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरुलाई भर्ना त लियौ तर अहिलेसम्म पाठ्यपुस्तक आइनपुग्दा पढाउन समस्या भएको छ ।’’
उहाँले भन्नुभयो, “भर्ना भएसँगै विद्यार्थीहरु नियमित कक्षामा आउने गरेका छन् तर विद्यालयमा किताब छैन किताब नहेर कसरी पढाउने अन्येलमा छौँ ।’’
उहाँले कक्षा एक, दुई, तीन, पाँच र आठ कक्षासम्म त पुराना किताबले पढाउने गरेको बताउनुभयो । चार, सात, नौ कक्षाको पाठ्यक्रम नयाँ भएकोले सो कक्षाका विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको प्राधानाध्यापक थापाले बताउनुभयो ।
यसैगरी, छेडेदह गाउँपालिकाको ७ मा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक नुहुँदा त्यहाँ पनि विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको शिक्षक मनोज नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही वर्ष कोरोनाका कारण पढाइ भएन अहिले कोरोनाको कहर छैन । यो वर्ष विद्यार्थीहरुलाई नियमितरुपमा पढाइ गर्नुपर्छ भन्ने योजनामा थियौ तर अहिलेसम्म किताब नआइपुगेकोले बनाएको योजना पनि सफल नहोला जस्तो छ ।’’
पछिल्लो समयमा अधिकांश विद्यार्थीहरु पढाइमा निकै कमजोर छन् । शिक्षक नेपालीले भन्नुभयो, “विद्यार्थीहरु पढाइमा कमजोर हुनुको मुख्य कारण कोरोनाको कहरले विद्यालय बन्द हुनु कहिले विद्यालयमा शिक्षकको कमी हुनु र समयमै पाठ्पुस्तक नपाइनुले विद्यार्थीको पढाइ कमजोर भएको हो ।’’
दुई, तीन वर्ष कोरोनाको चपेटामा परेर पढाइमा कमजोर भइयो अब त कोरोनाको कहरबाट मुक्त भयौँ । नियमित विद्यालयमा गएर पढाइ गर्नुपर्यो भनेर भर्ना भएँ, अहिलेसम्म किताब आएका छैन । यो वर्षमा पनि पढाइ निकै बिग्रिने डर भयो धुरालसैन माविका कक्षा सातमा अध्ययनरत छात्र पदम नेपालीले बताउनुभयो ।
पाठ्यपुस्तक नबदलिएको कक्षाका लागि त पुरानै किताबले पढाइ गरेका छौ । बदलिएको कक्षाका लागि भने इन्टरनेटको सहायताले पढाइ गर्नुभन्दा अर्को विकल्प छैन ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

