माछापुच्छ्रे ८: वडाध्यक्ष गुरुङको पहिलो काम ‘वडाबाटै भत्ता वितरण’

कास्की | जेठ ११, २०७९

माछापुच्छ्रे ८: वडाध्यक्ष गुरुङको पहिलो काम ‘वडाबाटै भत्ता वितरण’

कास्की:  माछापुच्छ्रे गाउँपालिका ८ का नवनिर्वाचित वडाध्यक्ष राम गुरुङले पदभार ग्रहण गरेसँगै आफ्ना कार्य योजना अघि सारेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै सबैभन्दा पहिले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वडाबाटै प्रदान गर्ने निर्णय गरेका हुन्। 

 

सामाजिक सुरक्षा अन्तर्गतको ज्येष्ठ नागरिक भत्ता यसअघि मुक्तिनाथ वैंक हेम्जा शाखा मार्फत प्रदान गरिदै आइएको थियो । 
 

 

वृद्धाहरुलाई आवतजावतमा समस्या र झन्झटलाई मध्यनजर गर्दै वडाबाटै प्रदान गर्ने व्यवस्था मिलाउने अध्यक्ष गुरुङले दोहोर्याए । ‘वृद्ध, वृद्धाहरु चर्काे टन्टलापुर घाममा हेम्जाको मुक्तिनाथ शाखामा लाइन बसेको देखेपछि दुख लाग्यो, उनले भने, ‘त्यसैले सबैभन्दा पहिला यही वडाबाटै भत्ता प्रदान गर्ने पहिलो बैठकबाट निर्णय गरेका छौ । अब उहाँहरु भत्ताको लागि घाममा लाइन बस्नुपर्ने छैन ।’

 

अध्यक्ष गुरुङले आफुले गरेका प्रतिवद्धताहरुलाई शतप्रतिशत कार्यान्वयन गर्ने बताउदै नागरिकलाई सर्वसुलभ र नागरिकमैत्री सेवा प्रवाह गर्ने बताए ।

‘हाम्रो वडाबासीले अब सिंहदरबार घरघरमा आएको महसुस गर्नुहुनेछ, उनले भने, ‘हामीले स्थानीय नागरिकलाई सहज रुपमा वडाबाट पाउने सबै सेवाहरु उपलब्ध गराउनेछौं । हामी जुनसुकै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको सेवक हौं । हामी उहाँहरुकै काममा समर्पित हुनेछौं ।’

 

स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेका कृष्ण दवाडीसँग हार व्यहोरेका गुरुङले यसपटक दवाडीलाई  १ सय ३० मतले पराजित गरेका थिए ।  नवनिर्वाचित अध्यक्ष गुरुङ युवा पर्यटन व्यवसायी समेत हुन् ।

 

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्