गैरीगाँउमाथी ‘एम १२’ को फराकिलो जित, सरोजको 'डवल ह्याट्रिक'

कास्की | जेठ ११, २०७९

गैरीगाँउमाथी ‘एम १२’ को फराकिलो जित, सरोजको 'डवल ह्याट्रिक'

पोखरा:    जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् । 
 

रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भिमाद युथ क्लबले  रन्जन स्मृति युथ क्लब भिमादलाई ३–२ गोल अन्तरले पराजित गर्याे । भिमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काए । 
 

शहिद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्याे । शहिद स्मृतिको तर्फबाट आशिष थापा, सुजन तामाङ र सन्दीप गुरुङले गोल गरे । 
मेरो नेपाल लागि सौरभ कार्की र सरोज सुनारले गोल गरेपनि जित पर्याप्त हुन सकेन् । त्यसैगरी अर्को खेलमा  विजयपुर एफसीमाथि भण्डारढीकको आर्दश क्लबले २–० गोलको नजिता निकाल्यो । जितका लागि विकास परियारले दुवै गोल गरेका थिए । 
 

काउरे बयरघारी स्याङजालाई मसिना एफसीले ४–० फराकिलो गोल अन्तरले पराजित गर्यो । विजय श्रेष्ठले दुई, क्षितिज जिटीले एक र विश्व थापाले एक गोल गरेका थिए । 

 

केआईईसी एम १२ ले खाल्टे गैरीगाँउलाई १०–० गोलले पराजित गरेको छ । सरोज तितुङले डबल ह्याट्रिक गरे । त्यस्तै विकास गुरुङले २, मनोज गुरुङ र मीन गुरुङले एक एक गोल गरेका थिए ।  हाम्रो एफसीलाई जनएकता युवा क्लब हरियोले ४–० को नजिता निकाल्दै अर्को चरणमा प्रवेश गर्याे । जनएकताका लागि आशिष कार्कीले २, सन्देश देवकोटाले १ र समुन्द्र सुवेदीले एक थपेका थिए ।

 

विजयपुर एफसीले मसिना मेनचेष्टर फुडजोनलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ठ खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने जनएकता युवा क्लबका सचिव घनश्याम अधिकारी(श्याम)ले जानकारी दिए । फाईनल जेठ १४ गते हुने छ । 


 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्