ट्रयाक्टर दुर्घटनामा २ मलामीको मृत्यु
अछाम | जेठ ११, २०७९
अछाम: अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकामा तपेन्द्र धमाला र अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्र्याक्टर ट्रलीको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

