रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

काठमाडाैं | मंसिर ९, २०७९

रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

काठमाडौंः   कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।  


पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन ग¥यो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेको । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्दपी गोल भने हुन सकेन । 


समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्