कास्की ३ः ‘२सय ३८’ मतसहित भुर्तेल आठौं
पाेखरा | मंसिर ९, २०७९
पोखराः कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादीका बागी उम्मेदवार अनिता भुर्तेलले २ सय ३८ मत प्राप्त गरेकी छिन् ।
कास्की ३ नेकपा माओवादीको भागमा परेसँगै गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका रामजीप्रसाद बरालले टिकट पाएपछि भुर्तेलले बागी उम्मेदवारी दिएकी थिइन । भुर्तेलले पाएको मत परिणाम अनुसार उनी आठौं भईन् ।
भुर्तेलले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा माओवादीका अध्यक्ष पुष्ष्कमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका थिइन् ।
कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा बराललाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरेको छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

