कांग्रेस नेता डा. भण्डारीको दोस्रो संसद यात्रा
काठमाडाैं | मंसिर ९, २०७९

काठमाडौं: नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी १ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो ।
पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री हुनुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट उहाँले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गर्नुभएको हो । राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दाबढी जेल जीवन बिताउनुभएको छ । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यस...
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दस...
पोखराः नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार बसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका स...