दलप्रति वितृष्णा बढ्यो: केसी
बाग्लुङ | मंसिर ९, २०७९
बागलुङ: राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताउनुभयो ।
आज मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरा मुक्त नभएको बताउनुभयो ।
उहाँले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनाव लड्न सक्ने अवस्था नरेहेको बताउनुभयो । उहाँले आफूलाई निर्वाचित बनाउने बागलुङका जनतालाई धन्यवाद दिँदै बागलुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

