‘हामी भन्ने भावना राखेर काम गरौं’: मेयर आचार्य

कास्की | जेठ १२, २०७९

‘हामी भन्ने भावना राखेर काम गरौं’: मेयर आचार्य

पोखरा:   पोखरा महानगरपालिकाको नवनिर्वाचित मेयर धनराज आचार्यले हामी भन्ने भावना राखेर काम गर्नुुपर्ने बताएका छन् ।

 

मुुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाद्वारा पोखरामाम आज  आयोेजित  नवनिर्वाचित पदाधिकारीहरुको घोषणा सभा, प्रमाण पत्र तथा सपथग्रहण समारोहमा सपथ ग्रहणपश्चात बोल्दै आचार्यले यस्तो अभिव्यक्ति दिएका हुुन् । 

 

उनले कूनै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको साझा जनप्रतिनिधि भएको उल्लेख तर्क राखे ।

 

‘म भन्ने कुुरा भन्दा माथि उठेर हामी भन्ने कुुरामा रहेर काम र कारवाही गरौं । आमसभाबाट निर्वाचित भएर अब हामी तपाईहरु सबैको साझा प्रतिनिधि भएर आइसकेका छौ । अब हामीले हामी भन्ने भावनामा रहि तपाइहरुको समस्या समाधान गर्नेछौं, उनले भने, ‘हाम्रो पहिलो मिसन ‘मिसन पोखरा’ हुुने छ । पोखरालाई स्वच्छ, सुुन्दर पोखरामा परिवर्तन गर्नेछौ ।’ 

 

नगर प्रमुख आचार्यले आफुलाई अमुुल्य मत दिएर जिताएको भन्दै  आम पोखरेली नागरिकलाई धन्यवाद समेत व्यक्त गरेका थिए । 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्