समानुपातिकः  छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि

काठमाडाैं | मंसिर १०, २०७९

समानुपातिकः  छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि

काठमाडौंः   प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा (एमाले) ले तीन लाख ४६ हजार दुई सय ४४ मत प्राप्त गरेको छ । 


त्यसैगरी कांग्रेसले तीन लाख छ सय ४९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख एक हजार तीन सय ७२ मत पाएको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीले एक लाख पु¥याउन सकेका छैनन् । 


मधेस प्रदेशमा भने कांग्रेस समानुपातिकमा एक लाख ८० हजार आठ सय १६ मत पाएको छ भने (एमाले ले एक लाख ५४ हजार सात सय ९२ हजार मत प्राप्त गरी दोस्रो स्थान रहेको छ । जसपा नेपालले एक लाख २६ हजार तीन सय ८६ र जनमत पार्टीले एक लाख दुई हजार आठ सय ४४ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ७० हजार पाँच सय ६२ मत प्राप्त गरी पाँचौँ स्थानमा छ । 


बागमती प्रदेशमा एमालेले तीन लाख ८४ हजार चार सय ८३ मत ल्याएको छ । कांग्रेसले तीन लाख ३६ हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख एक हजार तीन सय ९३, माओवादी केन्द्रले एक लाख ८७ हजार एक र नेपाल मजदुर किसान पार्टीले ६१ हजार ५६६ मत पाएको छ । 


गण्डकी प्रदेशमा एमालेले तीन लाख ११ हजार तीन सय ८९, कांग्रेसले दुई लाख ८८ हजार तीन सय ७३, माओवादी केन्द्रले एक लाख १२ हजार दुई सय २१ र राप्रपाले ५४ हजार सात सय ३६ मत पाएको छ । लुम्बिनी प्रदेशमा एमालेले तीन लाख ९३ हजार नौ सय, कांग्रेसले तीन लाख ६२ हजार, ३२, माओवादी केन्द्रले एक लाख ३९ हजार चार सय ७४ र राप्रपाले ९७ हजार सात सय एक मत पाएको छ । 


त्यसैगरी कर्णाली प्रदेशमा एमालेले एक लाख ४६ हजार आठ सय २०, कांग्रेसले एक लाख ३० हजार ६६, माओवादी केन्द्रले एक लाख १७ हजार ६२ र एकीकृत समाजवादीले २९ हजार ५१ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख १० हजार ५६, कांग्रेसले एक लाख ९७ हजार नौ सय १०, माओवादी केन्द्र ले ९२ हजार सात सय ९५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । 

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्