मङ्सिर २५ गतेभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने
काठमाडाैं | मंसिर १२, २०७९
काठमाडौँ: काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ ।
आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।
करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो ।
यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

