टुकीमै पढ्छन् चेपाङ बालबालिका
चितवन | मंसिर १२, २०७९

चितवन: ईच्छाकामना गाउँपालिका १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ ।
ईच्छाकामना गाउँपालिका(१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । वडा नं ३, ४, ५ र ६ का केही भागमासमेत विद्युत् पुग्न सकेको छैन । वडा नं १ को छाप्राङ, भाराङ, ज्यान्दालालगायतका ठाउँका बासिन्दा टुकिकै भरमा छन् । वडा नं २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा पनि बिजुली छैन ।
कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का धेरै भागमा विद्युत् पुग्न बाँकी छ । वडा नं ८ को बुङ्गखोला क्षेत्रमा पनि बिजुली पुगेको छैन । भरतपुर महानगरपालिका(२९ का केही घरमा अझै बिजुली पुगेको छैन ।
ईच्छाकामना गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विभागले विसं २०७५ साल कात्तिक १२ गते बोलपत्र आह्वान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक विक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारबाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउनुहुन्छ ।
अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उहाँको भनाइ छ । ठेक्का आयोजना रु पाँच करोड सात लाखमा सकारेको कम्पनीले एक सय २० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । पत्र बुझ्नु अघि नै अदालत गएपछि काम रोकिएको अमात्य बताउनुहुन्छ ।
उक्त मुद्दाको पेशी मङ्सिर २० मा परेकाले यसपछि विकल्पको खोजी गरिने अमात्यको भनाइ छ । कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर विक्रम श्रेष्ठ मजदूरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले ...
काठमाडौं: नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू ज...
बैतडी: बैतडीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका-५ बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिंगालको टोकाइबाट मृत्यु भएको हो। गएको भदौ २२ गते अरिंगालको टोक...