मकवानपुरमा साढे ३१ हजार मत बदर
मकवानपुर | मंसिर १२, २०७९

मकवानपुर: यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४६ हजार दुई सय ३० मत खसेकोमा एक हजार छ सय ६३ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४५ हजार ८० मत खसेकामा पाँच सय चार मत बदर भएको आयोगको भनाइ छ ।
निर्वाचन क्षेत्र नं २ मा ८६ हजार तीन सय एक मत खसेकोमा चार हजार एक सय दुई मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४५ हजार आठ सय ५३ मत खसेकामा एक हजार पाँच सय ९९ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४३ हजार तीन सय २९ मत खसेकामा एक हजार चार सय ९४ मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ प्रदेशसभा १ मा ४५ हजार ७५ मत खसेकामा एक हजार छ सय ९८ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४६ हजार १२ मत खसेकामा दुई हजार तीन सय ९५ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं २ मा ८६ हजार तीन सय ३८ मत खसेकामा चार हजार एक सय १४ मत बदर भएको छ भने प्रदेशसभाका लागि ८६ हजार ३३ मत खसेकामा पाँच हजार दुई सय ६६ मत बदर भएको छ ।
मकवानपुरमा यसपटकको निर्वाचनमा तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदान गरेका थिए ।
कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले मतदाता शिक्षा सञ्चालन भए पनि यति धेरै सङ्ख्यामा मत बदर हुनु आश्चर्यजनक भएको बताउनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यसभन्दा कम मत बदर भएको उहाँको भनाइ छ । कार्यालयले निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहका एक सय २ वटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।
बागलुङ: बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उ...
सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका ...
पोखरा: श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै श्रीकृष्...